नेपाल प्रशिक्षक ग्योतोकु कोजी: फिलिपिन्ससँग अंक लिन चाहन्छौ

नेपाल प्रशिक्षक ग्योतोकु कोजीले फिलिपिन्स बिरुद्धको खेलमा डिफेन्सिभ खेल्ने सङ्केत दिएका छन् ।

आज बिहान मनिलामा सम्पन्न प्री म्याच कन्फेरेन्समा कोजीले भने, ” मेरोलागि फिलिपिन्स नयाँ टोली हो । मैले सुजुकी कप २०१६ मा उनीहरुको खेल हेरेको थिए । उनीहरु हामी भन्दा बलिया टोली छन् र फिफा बरियतामा पनि माथि छन् ।

“हाम्रोलागि यो खेल ठुलो परिक्षा हुने छ । हामी अंक बाड्न चाहन्छौ । ”

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मनिलामा भोली नेपाली समय साँझ ५:४५ मा खेल्दैछ ।

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

होम एण्ड अवेका आधारमा चल्ने छनोट अन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...