रुपन्देहीमा चौथो सञ्जिवनी कप हुँदै

बुटवल (खेलदैनिक) । रुपन्देहीको फुटबलमा छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाएको सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करण यहि माघ १६ गतेदेखि शुरु हुने भएको छ ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा नगरपालिका–१४ बाघधुरा देवीनगरको आयोजनामा हुँदै आइरहेको प्रतियोगिता यस बर्ष शहिद दिवसमा शहिदहरुलाई सम्झिदै शुरु हुने भएको छ ।

आयोजक क्लबको खेलमैदानमा हुने प्रतियोगितामा कुल १६ टोलीहरुको सहभागिता रहने खेल संयोजक खिम थापाले बताए । साथै प्रतियोगिताको सबै तयारी पूरा भएको समेत संयोजक थापाले बताए ।

उद्घाटन खेलमा रेसुङ्गा र पक्लिहवा भिड्ने

प्रतियोगिताको उद्घाटन खेलतर्फ माघ १६ गतेका दिन रेसुङ्गा दुर्गानगर एफसी र पक्लिहवा फुटबल क्लब भिड्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । स्थानीय क्लब र खेलाडीहरुलाई नै लक्षित गरेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष क्षेत्रीले बताए । साथै उनले प्रतियोगितालाई यसरी नै आउने दिनहरुमा पनि निरन्तरता दिने योजना रहेको बताए ।

कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन १ गतेका दिन हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष क्षेत्रीले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...