मकवानपुरमा प्रशिक्षण केन्द्र बनाउँछौंः शेर्पा

हेटौडा (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले मकवानपुरमा ‘टे«निङ सेन्टर’ बन्ने बताएका छन् । सोमबारबाट हेटौंडामा सुरु भएको एन्फा रेफ्री प्रशिक्षणको उदघाटन गर्दै उनले मकवानपुरमा टे«निङ सेन्टर बनाउने निर्णय गरिएको जानकारी दिए ।

एन्फा र बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा रेफ्री प्रशिक्षण सुरु भएको हो । १८ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा बागमती प्रदेशको ११ जिल्लाका ३५ जनाको सहभागिता रहेको छ ।

अध्यक्ष शेर्पाले रेफ्री सधैं निष्पक्ष भूमिकामा हुनुपर्ने सुझाव दिए । रेफ्रीले लिएको निर्णयमा कुनै त्रुटी हुन नहुने भन्दै उनले फिटनेसलाई ख्याल राख्न समेत अनुरोध गरे ।

कार्यक्रममा बागमती प्रदेशका खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भन्डारीले रेफ्री, खेलको न्यायाधीश भएको बताए । बागमती प्रदेशका सबै खेलाडी र प्रशिक्षकको अभिलेख राख्ने सिस्टम सुरु गरिएको समेत भण्डारीले जानकारी दिए ।

मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रमुख डीआइजी बसन्त लामाले निर्णायकको जिम्मेवारी गहन हुने भएकोले सही समयमा सही निर्णय दिन सक्नुपर्ने सुझाव दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...