चन्द्रपुरको पहिलो जितमा सबिताको ह्याट्रिक

काठमाडौं (खेलदैनिक) । सबिता राना मगरले ह्याट्रिक गरेपछि राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिका, रौतहटले पहिलो जित दर्ता गरेको छ । सोमबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका, उदयपुरलाई ७–१ ले हरायो ।

चन्द्रपुरको जितमा सबिता राना मगर बाहेक दिल कुमारी रानाले दुई गोल गरिन् । त्यस्तै रजनी थोकर र सुनिता भोलनले एक–एक गोल गरिन् । उता पराजित चौदण्डीगढीका लागि अन्जना थुलुङले एक मात्र सान्त्वना गोल फर्काएकी थिईन् । प्लेयर अफ द म्याच चन्द्रपुरकी ह्याट्रिककर्ता सबिता राना मगर घोषित भएकी थिईन् ।

प्रतियोगिता अन्तरगत मा १३ गते मंगलबार दुई खेलहरु हुँदै । पहिलो खेलमा नेपाल पुलिस क्लबले वालिङ नगरपालिका, स्याङ्जासँग खेल्नेछ भने दोस्रो खेलमा दुई दावेदार टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...