प्रथम अलि मियाँ स्मृति सेभेन ए साइड फुटवल प्रतियोगिता शुरु

उमेश पुन, खेलदैनिक , पोखरा, १३ चैत

लोककवि अलि मियाँको सम्झनामा प्रथम अलि मियाँ स्मृति सेभेन ए साइड फुटवल प्रतियोगिता आइतबारदेखि शुरु भएको छ।
अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानको आयोजना तथा मुस्लिम युवा क्लवको संयोजनमा प्रतियोगिता गरिएको हो। माछापोखरी –१३ स्थित खेल मैदानमा शुरु भएको प्रतियोगिता १९ गतेसम्म चल्नेछ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी झलक सुवेदीले रेफ्री शुशील केसी र भक्तबहादुर गुरुङलाई फुटबल हस्तान्तरण गरी प्रतियोगिता उद्घाटन गरेका थिए ।

अाजको पहिलो खेलमा MPC ले Muslim क्लवलार्इ 3-0 ले पराजित गर्यो भने दोस्रो खेलमा Indreni FC ले Fedi FC लार्इ 2-0 ले पाखा लगायो र अन्तिम खेलमा Damauli FC ले  Rupa Tal FC लार्इ 7-4 ले पराजित गर्याे ।

प्रतियोगिताको बिजेताले एक लाख २५ हजार र उपबिजेताले ७० हजार नगद तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ ।त्यस्तै, सर्वोत्कृष्ठ खेलाडीले तीन हजार र उत्कृष्ठ डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र गोलकिपरले समान दुई हजार पाँच सय रुपैयाँको साथमा ट्रफी पाउनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न ६ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। प्रतियोगितामा ४० प्रथम अलि मियाँ स्मृति फुटबल प्रतियोगिता शुरुटिम सहभागि छन्।


प्रतिक्रिया दिनुहोस

Loading...