चैत्र १३ / लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सर्लाहीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।
आइतबार हिमालयन शेर्पा क्लबलाई २–० ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।
खेलको ८१ औं मिनेटमा विमल रानाले हेडमार्फत पहिलो गोल गरेका थिए। इन्जुरी समयको दोस्रो मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मनाङले फाइनल यात्रा तय गरेको हो ।
सोमबार त्रिभुवन आर्मी र नेपाल एपिएबीच सोमबार दोस्रो सेमिफाइनल खेल हुनेछ। बागमति युवा क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ।