नेपाली राष्ट्रिय टोलिको पहिलो अभ्यास रिजाल मेमोरियल रङसालामा

नेपाल राष्ट्रिय टोलीले आफ्नो पहिलो अभ्यास रिजाल मेमोरियल रङसालामा गरेको छ।
नेपाली टिम आज बिहान मनिला पुगेको हो। एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल रहेको समूह एफमा फिलिपिन्सका साथै ताजिकिस्तान र यमन छन्।

नेपालले मार्च २८मा फिलिपिन्स सँग खेल्नेछ।
महेश बाबु काफ्ले (NSJF)

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो । यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ । यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...