प्रथम भूपू सैनिक कप नकआउट फुटबल प्रतियोगिता चैत्र १९ देखि

सुरज राना मगर , खेलदैनिक, बुटवल

प्रथम भूपू सैनिक नकआउट फुटबल प्रतियोगिता यहि चैत्र १९ गते शनिबारदेखि शुरु हुने भएको छ ।

कुल १४ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल नयाँ वर्ष (२०७३ वैशाख १ गते) का दिन हुनेछ । नेपाली नयाँ वर्षको उपलक्ष्यमा भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लब, बुटवल–१३, सालघारीद्वारा आयोजितक प्रतियोगिताको सम्पूर्ण तयारी समेत सम्पन्न भईसकेको आयोजक क्लबका अध्यक्ष गोपी पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेता टोलीले नगद रु. १,०१,१११ (एक लाख एक हजार एक सय एघार रुपैया) तथा कप हात पार्ने छन् भने उपविजेताले नगद रु. ५१, १११ (एकान्न हजार एक सय एघार रुपैया) तथा ट्रफी हात पार्नेछन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, फरवार्ड र उच्च गोलकर्तालाई ट्रफीको व्यवस्था गरिएको अध्यक्ष पुनले बताउनुभयो । त्यस्तै हरेक खेलमा म्यान अफ दि म्याचको व्यवस्था समेत गरिएको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु बुटवल–१३ सालघारीस्थित जवई खेल मैदानमा हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...