नेपाली फूटबल टिम सेन्चुरी पार्क होटलमा

नेपाली फूटबल टिम मनिला स्थित सेन्चुरी पार्क होटलमा बसेको छ।
टिम केही घण्टा अगाडि मनिला अयिपुगेको हो।

नेपालले फिलिपिन्ससँग एएफसी एसियन कप क्वालिफायर्स २०१९ अन्तर्गत पहिलो अवे खेल मार्च २८ मा खेल्दै छ।

फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो ।

यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड: बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु

हेड कोचः ग्योतुकु कोजी
कोचः राजुकाजी शाक्य
टीम डाक्टरः डा. राजु डंगोल
गोलकिपर कोचः उज्ज्वल मानन्धर
इन्टरप्रेटरः रोशन तुलाधर
मिडियाः महेश काफ्ले
अफिसियलहरुः शम्भु चौधरी, जलकुमार गुरुङ, विजयकुमार गुप्ता, कमलेश खड्का


प्रतिक्रिया दिनुहोस

Loading...