विपक्षीको पोष्टमा त्रिशुलीको पाँच गोल

बुटवल (खेलदैनिक) । प्रथम चरङ्गे कप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगितामा सोमबार त्रिशुली फुटबल क्लबले शानदार जित हात पारेको छ ।

देवदह–१० चरङ्गे स्थित चिसापानी खेलमैदानमा भएको खेलमा त्रिशुलीले उज्वल एफसीलाई ५–० ले हरायो । त्रिशुलीको जितमा मनोज आले र रिजन आलेले २–२ गोल गरे । त्यस्तै थप एक गोल गणेश रानाले गरे ।

खेलको म्यान अफ द म्याच भने त्रिशुली एफसी कै रिजन राना घोषित भए । प्रतियोगिता अन्तरगत मंगलबारदेखि दुई खेल हुने खेल संयोजक गणेश परियारले बताए । पहिलो खेलमा सयपत्री युवा क्लब र दुई नम्बर भिड्नेछन् भने दोस्रो खेलमा सौभाग्य एफसी र खैरेनी एफसी भिड्ने संयोजक परियारले बताए ।

चरङ्गे फुटबल क्लब, देवदह–१० चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार हात पार्नेछ भने उपविजेताले १५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक परियारले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...