नेपाली फुटबल टोली हङकङ एअरपोर्टमा

एएफसी एशियन कप छनोटको आफ्नो पहिलो खेल खेल्न नेपाली फुटबल टोली हङकङमा अबतरण गरेको छ।

बिराज महर्जन नेतृत्वको टोली राती ११ बजे ड्रयागन एयरको विमान मार्फत त्यसतर्फ प्रस्थान गरेको हो ।

नेपालले मंगलबार मनिलामा घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

फिलिपिन्स बिरुद्धको खेलका लागी टोलीका महत्वपुर्ण सदस्यद्धय अनिल गुरुङ, नबयुग श्रेष्ठ बिनै नेपाली टोली घोषणा गरिएको छ ।

यद्यपी घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कर्ण लिम्बु, भरत खवास बिमल घर्तिमगर लगायत उमेर समुहका खेलाडिको बाहुल्यता रहेकाले टोलीबाट सकारात्मक नतिजा निस्कने टोलीका प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...