नेपाली फुटबल टोली फिलिपिन्स प्रस्थान

चैत्र १२ / एएफसी एशियन कप छनोटको आफ्नो पहिलो खेल खेल्न नेपाली फुटबल टोली आज फिलिपिन्स उडेको छ ।बिराज महर्जन नेतृत्वको टोली राती ११ बजे ड्रयागन एयरको विमान मार्फत त्यसतर्फ प्रस्थान गरेको हो । नेपालले मंगलबार मनिलामा घरेलु टोलीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

फिलिपिन्स बिरुद्धको खेलका लागी टोलीका महत्वपुर्ण सदस्यद्धय अनिल गुरुङ, नबयुग श्रेष्ठ बिनै नेपाली टोली घोषणा गरिएको छ । यद्यपी घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका कर्ण लिम्बु, भरत खवास बिमल घर्तिमगर लगायत उमेर समुहका खेलाडिको बाहुल्यता रहेकाले टोलीबाट सकारात्मक नतिजा निस्कने टोलीका प्रशिक्षक ग्योतोकु कोजीले बताएका छन् ।

समुह एफमा रहेको नेपालले आगामी अक्टोबर १० मा ताजाकिस्तान र अर्को वर्षको मार्च २७ मा यमनसंग प्रतिस्पर्धा गर्नेछ । समुहका शीर्ष दुई टोली एशिया कपका लागि छनोट हुनेछन् ।


प्रतिक्रिया दिनुहोस

Loading...