नेपाली राष्ट्रिय फुटबल टीम मनिला प्रस्थान

नेपाली राष्ट्रिय फुटबल टीम आज बेलुकी मनिला प्रस्थान गरेको छ । । नेपाल रहेको समूह एफमा फिलिपिन्सका साथै ताजिकिस्तान र यमन छन् ।

फिलिपिन्ससँग चैत १५ गते ‘अवे’ खेलको लागि टोली जान लागेको हो । फिलिपिन्स फिफा वरियतामा नेपालभन्दा ४६ औं स्थान माथि रहेको टोली हो । नेपालले पछिल्लो समय दोहामा भएको मैत्रीपूर्ण खेलमा फिलिपिन्ससँग ३–० को हार बेहोरेको थियो ।

यस्तै, नेपालले फिलिपिन्ससँग त्यसअघिको दुई मैत्रीपूर्ण खेलमा पराजित भएको छ । नेपालले सन् २०११ मा भएको मैत्रीपूर्ण ४–० र २०१४ मा भएको मैत्रीपूर्णमा पनि ३–० ले नतिजा गुमाएको थियो ।

होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले आगामी १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्ने छन् । त्यसअघि नेपालले दोस्रो खेलमा आगामी जुन १३ मा यमनसँग घरेलु भूमिमा खेल्नेछ । त्यस्तै नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ ।

यस्तै नेपालले २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।

गोलरक्षक : बिकेश कुथु, किरण कुमार लिम्बु, विशाल श्रेष्ठ ।
डिफेन्डर : रविन श्रेष्ठ, बिराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की।
मिडफिल्डर : बिक्रम लामा, रोहित चन्द, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, सुजल श्रेष्ठ।
फरवार्ड: बिमल घर्ती मगर, रन्जन बिष्ट, भरत खवास, कर्ण लिम्बु

हेड कोचः ग्योतुकु कोजी
कोचः राजुकाजी शाक्य
टीम डाक्टरः डा. राजु डंगोल
गोलकिपर कोचः उज्ज्वल मानन्धर
इन्टरप्रेटरः रोशन तुलाधर
मिडियाः महेश काफ्ले
अफिसियलहरुः शम्भु चौधरी, जलकुमार गुरुङ, विजयकुमार गुप्ता, कमलेश खड्का


प्रतिक्रिया दिनुहोस

Loading...