जावलाखेल युथलाई हराउँदै सशस्त्रको एपिएफ सेमिफाईनलमा

खेलदैनिक, १२ चैत / सशस्त्रको एपिएफ क्लब सर्लाहीको कर्मैयामा आयोजित राजर्षि जनक कपको सेमिफाईलनमा पुगेको छ । शनिबार भएको अन्तिम क्वार्टरफाईनल खेलमा एपिएफले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको १४ औं मिनेटमै नविन लामाले एपिएफका लागि सुरुवाती अग्रता दिलाए । उनले दोस्रो हाफमा अर्को गोल थप्ने क्रममा राजेन्द्र रावलले ५३ औं मिनेटमा गोल गरे । लामा खेलको म्यान अफ द म्याच पनि बने । उनले पाँच हजार पाए ।

आईतबार पहिलो सेमिफाईनल खेलमा हिमालयन शेर्पा क्लबले मनाङ मस्र्याङ्दी क्लबसँग पहिलो सेमिफाईनल खेल्नेछ ।  शुक्रबार मनाङ मस्र्याङ्दी क्लबले ब्वाईज युनियन क्लब विरुद्ध कठिन जीत हात पार्दै सेमिफाईनलमा स्थान बनाएको थियो ।

वागमती युवा क्लबले चैत ९ गतेदेखि आयोजना गरेको प्रतियोगिता १६ गतेसम्म चल्नेछ । राजर्षि जनक कपमा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी क्लब सहित ए डिभिजन स्तरका सिएमजी संकटा, मनाङमंस्र्याङ्दी, हिमालयन शेर्पा, सरस्वती र जावलाखेल युवा क्लब गरीआठ टीमहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख रुपैंया नगद सहित शिल्ड तथा द्वितिय हुने टिमलाई दुईलाख रुपैंया नगद प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...