युथ एकेडेमीका लागि एन्फासँग सहकार्य गर्न नेपाल पुलिस तयार

काठमाडौं (खेलदैनिक) । नेपाली खेलकुदमा आफ्नो विशेष पहिचान बनाएको बिभागीय टोली नेपाल पुलिसले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गर्न तत्परता देखाएको छ ।

सोमबार एन्फा र नेपाल पुलिसबीच युथ एकेडेमी स्थापनाका लागि बैठक बसी गम्भिर छलफल भएको छ । उक्त बैठकमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा सहित नेपाल पुलिसको तर्फ एआईजी निरज बहादुर शाहीको पनि उपस्थिति रहेको थियो ।

बैठकमा दुवै पक्षले युथ एकेडेमी स्थापनाका लागि आवश्यक छलफल गर्नुका साथै क्लब स्तरमै युथ फुटबलको विकासा लागि कसरी अगाडी बढ्ने भन्नेबार आ–आफ्नो विचार आदान प्रदान गरेका थिए ।

सो अवसरमा एन्फाका ग्रासरुटस फुटबल संयोजक उपेन्द्रमान सिंह, युथ फुटबल प्रमुख नबिन महर्जन तथा राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले पनि आ–आफ्नो सम्बन्धित क्षेत्रबारे बिचार राखेका थिए ।

एएफसी क्लब लाइसेन्सीङमा नेपाल अझै पछाडी

एसियाली फुटबल महासंघ (एएफसी) ले तोकेको क्लब लाइसेन्सीङ मापदण्ड नेपालका शिर्ष क्लबहरुले पूर्ण रुपमा पालना गर्न सकेका छैनन् । सोही कारणले गर्दा पनि नेपाली क्लबहरुले एएफसीले वार्षिक रुपमा आयोजना गर्ने प्रतिष्ठित एएफसी कपमा समेत सहभागिता जनाउन पाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस

Loading...