एन्फाद्वारा फिफा रेफ्रीहरुको पारिश्रमिकमा पनि बृद्धि

काठमाडौं (खेलदैनिक) । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले नेपालका फिफा रेफ्रीहरुको पारिश्रमिकमा पनि बृद्धि गर्ने निर्णय गरेको छ ।

पारिश्रमिक बृद्धिको निर्णयसँगै अब नेपालका फिफा रेफ्रीहरुले मासिक १० हजार रुपैयाँ पाउने छन् । यसअघि फिफा रेफ्रीहरुले मासिक ६ हजार पाउँदै आएका थिए ।

स्मरण रहोस,नेपालमा हाल पुरुष र महिला गरि पाँच फिफा रेफ्री तथा ७ सहायक फिफा रेफ्रीहरु रहेका छन् ।

फिफा रेफ्रीहरुः
नबिन्द्र महर्जन, कबिन्द्र ब्यञ्जनकार, प्रज्वल क्षेत्री, प्रकाश नाथ श्रेष्ठ, अन्जना राई (महिला)

फिफा सहायक रेफ्रीः
ननिराम थापा मगर, माधव खत्री, युनाल श्रेष्ठ, सहदेव श्रेष्ठ, बिक्रम चौधरी, किशन यादव


प्रतिक्रिया दिनुहोस

Loading...