राजर्षि जनक कप: ब्वाईज युनियनलाई हराउन मनाङलाई सडेन डेथको सहारा

खेलदैनिक, ११ चैत / अन्तिम २९ मिनेट १० खेलाडीमा सीमित मनाङ मस्र्याङ्दी क्लबले ब्वाईज युनियन क्लब विरुद्ध कठिन जीत हात पार्दै राजर्षी जनक कपमा सेमिफाईनलमा स्थान बनाएको छ । शुक्रबार भएको तेस्रो क्वार्टरफाईनल खेलमा मनाङले ब्वाईज युनियनलाई सडेन डेथमा हराएको हो ।

निर्धारित तथा अतिरिक्त समयमा खेल १–१ को बराबरीमा रोकियो । खेलको ६१ औं मिनेटमा मनाङका समसोन रातो कार्ड व्यहोर्दै मैदान छाडेपछि टोली १० खेलाडीमा सीमित भएको थियो ।

वागमती युवा क्लबले चैत ९ गतेदेखि आयोजना गरेको प्रतियोगिता १६ गतेसम्म चल्नेछ । राजर्षि जनक कपमा विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी क्लब सहित ए डिभिजन स्तरका सिएमजी संकटा, मनाङमंस्र्याङ्दी, हिमालयन शेर्पा, सरस्वती र जावलाखेल युवा क्लब गरीआठ टीमहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख रुपैंया नगद सहित शिल्ड तथा द्वितिय हुने टिमलाई दुईलाख रुपैंया नगद प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...