गोलनेपाल डटकमको प्रदेश कार्यालय पोखरामा

कास्की (खेलदैनिक) । फुटबल खेलको विकासमा निरन्तर क्रियाशिल रहँदै आएको गोलनेपाल डटकमको गण्डकी प्रदेश स्तरीय कार्यालय पोखरामा स्थापना गरेको छ ।

शुक्रबारदेखि गोलनेपालले पोखराको सिद्धार्थचोकमा प्रदेश स्तरिय कार्यालय स्थापना गरेको हो । आफ्नो सेवा विस्तार गर्दै लाने लक्ष्यका साथ गोलनेपालले गण्डकी प्रदेशमा कार्यालय सुरुवात गरेको हो ।

कार्यालय स्थापना पश्चात गण्डकी प्रदेश भित्रका ११ वटै जिल्लाका सबै फुटबल गतिविधिलाई समेट्ने छ । प्रदेश भित्र हुने सम्पूर्ण फुटबल प्रतियोगितालाई प्रत्यक्ष प्रशारणमा समेत समेट्दै लैजाने बताईएको छ ।

बिबा मिडिया ग्रुपको स्वामित्वमा रहेको गोलनेपाल डटकमका प्रमुख कार्यकारी बिक्रम थापाले फुटबल गतिविधीसँगै देशमा फुटबल विकासका लागि पनि आफूहरु सधै तत्परताका साथ लागिपर्ने बताए ।

स्मरण रहोस, बिबा मिडिया ग्रुप कै स्वामित्वमा रहेर खेलदैनिक डटकम र गोलनेपाल फाउण्डेशन पनि सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस

Loading...