मोफसलमा पहिलोपटक फ्रेन्चाईज लिग

मोरङ (खेलदैनिक) । मोफसलमै पहिलो पटक खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु हुन लागेको टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रिमियर लिगको आवश्यक तयारी शुरु भइसकेको आयोजकले जनाएको छ ।

पहिलोपटक हुन गईरहेको फ्रेन्चाईज लिगको टाइटल स्पोन्सर टेन्सबर्ग बियरले गर्ने समेत आयोजकले जनाएको छ । मोरङको पथरीशनिश्चरेमा यहि मंसिर २५ गते देखि हुने प्रिमियर फुटवल लिगको ९० प्रतिसत तयारी सम्पन्न भएको आयोजकले बताएको छ ।

मंसिर २५ गते देखि सुरु हुने टेन्सबर्ग पथरिशनिश्चरे फुटबल प्रीमियर लिग २०७७ मा नगर भित्रका १ सय ४४ खेलाडीले विभिन्न ८ क्लवहरुबाट प्रतियोगितामा प्रतिस्पदा गर्नेछन् । खेलाडीहरुलाई अक्सन मार्फत विभिन्न क्लबहरुले खरिद गरेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको आर्थिक संयोजन

आयोजकका अनुसार लिगका लागि देश तथा विदेशबाट सहयोगि हातहरु तथा प्रयोजकहरु आउने क्रम जारि छ । त्यसैक्रममा आयोजकले लिगको टाईटल स्पोन्सर, सपोटर र पहिलो पुरस्कारको प्रयोजकको नाम सार्वजनीक गरेको छ ।

लिग बिजेताले नगद १ लाख ७५ हजार पथरीशनिश्चरे फेमेली हङकङले प्रयोजन गरेको छ । टाईटल स्पोन्सर टेन्सबर्ग वियर, मुख्य प्रायोजक एक्टेप फेसन स्पोर्टस र सपोटर ट्रर्यू भ्यालु ब्राण्डेड वेयर र ई सुज ब्राण्डेड कलेक्सनले गरेका छन ।

लिगको इन्टरनेट पार्टनर भने इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक रहेको छ । त्यस्तै लिगको सबै खेलहरुको प्रत्यक्ष प्रसारण गोलनेपालबाट हुने भएको छ ।

१५ दिन सम्म चल्ने लिग बिजेताले नगद १ लाख ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन भने उपविजेताले ७५ हजार ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन ।

नेपालमै पहिलो पटक मोफसलमा अक्सन मार्फत खेलाडि छनौट गरि पहिलो फ्रेन्चाईज लिग हुन लागेको आयोजक समितिका सदस्य एवम राष्ट्रिय खेलाडी दिपक राईले जानकारी दिएका छन ।

सहभागि टोलीहरु

प्रतियोगितामा पथरिशनिश्चरे नगर भित्रका हाइवे फुटबल क्लब, देबिगन्ज फुटबल क्लब, वाई जि एफ टि क्लव, १० नवदय फुटबल क्लब, सिरिजङ्गा फुट्बल क्लब, शिखर फुटबल क्लब, द रियल ब्रदर फुटबल क्लब र हेरिका न्यु स्टार फुटबल क्लब गरि जम्मा आठ क्लबहरुले सहभागिता जनाउने आयोजक समितिका संयोजक सन्जिब गिरिले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...