कतार आर्मीसँग बंगलादेश पराजित

(तस्विरः बंगलादेश एफए)

काठमाडौं (एजेन्सी) । फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौट प्रतियोगिताको अवे म्याच खेल्ने तयारीमा रहेको बंगलादेश फुटबल टोली हाल कतारमा रहेको छ ।

बंगलादेशले छनौट प्रतियोगितातर्फ ४ डिसेम्बरका दिन बलियो तथा सन् २०२२ को फिफा विश्वकप आयोजक राष्ट्र कतारसँग खेल्ने कार्यक्रम छ । सोही खेललाई मध्यनजर गर्दै बंगलादेशी टोली हाल तयारी स्वरुप कतार मै छ ।

त्यसैक्रममा बंगलादेशी टोलीले बुधबार कतार आर्मी एफसीसँग एक मैत्रीपुर्ण फुटबल म्याच समेत खेल्यो । सो खेलमा बंगलादेश ३–२ ले पराजित हुन पुग्यो । बंगलादेशका लागि इब्राहिम र रकिबुलले गोल गरेका थिए ।

खेल पश्चात् बंगलादेश टोलीका टिम म्यानेजर अमिर खानले कतार आर्मी विरुद्धको खेल आफ्ना खेलाडीहरुका लागि राम्रो अभ्याससँगै अनुभव गर्ने मौका मिलेको बताए । खानका अनुसार सो खेलमा आफूहरुले अनुभवी तथा नयाँ सबै खेलाडीहरुलाई अवसर दिएर उनीहरुको क्षमता पहिचान गर्न र बुझने अवसर मिलेको बताए ।

स्मरण रहोस, छनौट प्रतियोगितातर्फ बंगलादेशले कतार बाहेक भारत, अफगानिस्तान र ओमानसँग खेल्न छ । बाँकी तीन खेलहरु भने सन् २०२१ मा खेल्ने कार्यक्रम समेत छ ।

बंगलादेशले कतार प्रस्थान गर्नु अघि नेपालसँग पनि दुई मैत्रीपुर्ण फुटबल म्याच खेलेको थियो । जसमा एक खेलमा जित र एक खेल बराबरीमा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...