मच्छिन्द्रका स्ट्राइकर दिपक राईलाई पितृ शोक

काठमाडौं (खेलदैनिक) । मच्छिन्द्र फुटबल क्लबका स्ट्राइकर तथा सिनियर खेलाडी दिपक राईका पिता तिलक राईको मोरङमा निधन भएको छ ।

पिताको निधनबारे दिपक स्वयमले आफ्नो सामाजिक सञ्चालमार्फत जानकारी गराएका छन् । पूर्व पथरी वार्डका अध्यक्ष समेत रहेका तिलक राईको बिराट मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

यो दुःखद घडीमा खेलदैनिक परिवार दिवंगत राईप्रति समवेदना तथा फुटबल खेलाडी दिपक र उनको परिवारजनप्रति सहानुभुति प्रकट गर्दछ ।


प्रतिक्रिया दिनुहोस

Loading...