फिलिपिन्स र मलेसियाबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ। बुधबार घरेलु मैदान रिजाल मेमोरियल स्टेडियम मनिलामा भएको खेलमा फिलिपिन्स र मलेसियाले गोलरहित बराबरी खेलेका हुन्।
एएफसी कप छनौट अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल र फिलिपिन्स यही मार्च २८ गते मैदान उत्रनेछन् ।नेपालसँग खेल्नुअघि फिलिपिन्सले सोही मैदानमा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको हो।
गत नोभेम्वरमा एएफएफ सुजुकी कपमा खराब प्रदर्शन गरेको फिलिपिन्सले मलेससियासँग घरेलु मैदानमै पनि गोल गर्न सकेन। फिफा वरीयतामा फिलिपिन्स १२४ औं तथा मलेसिया १६१औं स्थानमा रहेको छ।
https://mycujoo.tv/embed/340?id=4613
https://mycujoo.tv/embed/340?id=4613