कोरोना कै कारण एन्फा मुख्यालय पनि बन्द

काठमाडौं (खेलदैनिक) । पछिल्लो केहि सातादेखि कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास थप बृद्धि हुँदै गएपछि अखिल नेपाल फुटबल संघलेले पनि आफ्नो मुख्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित आधिकारिक सूचनामा एन्फा मुख्यालय आगामी भाद्र ३ गतेसम्मका लागि बन्द गरिएको हो ।

कोभिड–१९ को संक्रमण समुदाय स्तरमै बृद्धि हुन सक्ने सम्भावित खतरालाई ध्यान राख्दै नेपाल सरकारको कोभिड–१९ रोकथाम, व्यवस्थापन र नियन्त्रण गर्ने निकायलाई सघाउन कै लागि उक्त निर्णय लिइएको पत्रमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस

Loading...