एन्फाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

(तस्विरः एन्फा)

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालको समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै एन्फा कम्प्लेक्समा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिने उद्देश्यले एन्फाले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । हिमाल हस्पिटलसँगको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा एन्फा कर्मचारी, फुटबल प्रशिक्षक र एन्फा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा उपस्थितहरुलाई स्वयम् रक्तदान जस्तो पुण्य कार्यक्रमा लाग्न आह्वान समेत गरिएको थियो । हाल कतिपय बिरामीहरुले रगत अभाव कै कारण दुःखद रुपमा मृत्युवरण गर्नूपरेको तितो यथार्थलाई संस्मरण गर्दै एन्फाले रक्तदानबाट संकलित रगत सम्बन्धित ब्लड बैंकलाई हस्तान्तरण गरिएको समेत जनाएको छ ।

साथै एन्फाले यस्तै खालका सामाजिक जिम्मेवारीका कामहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...