उदयपुर गोल्डकप २०७३ बाट पौने तीन लाख बचत

खेलदैनिक, ७ चैत / उदयपुर गोल्डकप २०७३ बाट झण्डै पौने तीन लाख बचत भएको छ । प्रतियोगिता आयोजक समितिले गाईघाटमा पत्रकार सम्मेलन गरी २ लाख ७३ हजार ५ सय ११ रुपैंया बचत भएको जानकारी दिएको हो ।

आयोजक समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठले भने– ‘हामीले ३४ लाख ५५ हजार ५ सय संकलन गरेका थियौं र प्रतियोगितामा ३१ लाख ७० हजार ९ सय ८९ खर्च भयो । अझै ४ लाख ४० हजार ५०० संकलन गर्न बाँकी नै छ ।’

उनले अघिल्लो वर्ष ठूलो घाटा व्यहोरेपनि यो वर्ष भने केहि नाफा आर्जन गर्न सक्षम भएको बताए । कमिटिका अध्यक्ष किरण राईले यो प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे ।

एशियन थाई फुड्सको आयोजनामा हालै सम्पन्न प्रतियोगिताको उपाधि रुपन्देही ११ ले जितेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...