पत्रकार रमेश समदर्शी र कृष्ण सिञ्जाली झापामा सम्मानित

काँकरभिट्टा, झापा

पत्रकार रमेश समदर्शी र कृष्ण सिञ्जालीलाई सोमबार आयोजित एक कार्यक्रमकाबीच आज सम्मान गरिएको छ ।

काँकरभिटटा फूटबल टेनिङ सेन्टरले संस्थाको कार्यालयमा आयोजना गरेको मेची नेत्रालय काँकरभिटटा गोल्ड कप प्रतियोगिता २०७३ दोस्रो संस्करणको आय ब्यय सार्वजनिक तथा सम्मान कार्यक्रममा समदर्शी र सिञ्जाली सम्मानित भएका हुन् ।

सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेत, काँकरभिटटा भेटान फूटबल क्लवका अध्यक्ष गङ्गालाल गुरुङ, प्रतियोगिता सहयोग समितिका सदस्य राजु कार्की, मेची फूटबल क्लवका कोषाध्यक्ष कर्णबहादुर थापा, एन्फा प्रशिक्षक दीपक कार्कीलगायतले सम्मान पत्र र नगद राशी ५ हजार ५ सय रुपैयाँसहित माला पहिर्याएर सम्मान गरेका थिए ।

सम्मानित समदर्शी विवेचना दैनिकका समाचार सम्पादक, नेपाल समाचार पत्रका झापा सम्वाददाता र गोलनेपालडटकममा आवद्ध छन् भने सिञ्जाली स्वतन्त्र फोटो पत्रकार र गोलनेपालडटकमका झापा सम्वाददाता हुन् । रमेश समदर्शी नेपाल खेलकूद पत्रकार मञ्च झापाका अध्यक्ष हुन् भने र कृष्ण सिञ्जाली उपाध्यक्ष हुन् ।

यसैक्रममा झापाका फुटबल खेलाडी नगेन्द्र लिम्बुलाई सेन्टरले मायाको चिनो प्रदान गरेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...