सर्लाही: राजर्षि जनक कप चैत ९ देखि, विजेतालाई ४ लाख

५ चैत / –सर्लाहीको वागमतीमा ए डिभिजन ‘राजर्षि जनक कप’ फूटबल प्रतियोगिता हुने भएको छ । वागमती युवा क्लबले चैत ९ गतेदेखि १६ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको हो ।

राजर्षि जनक कपमा  विभागीय टिम नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी क्लब सहित ए डिभिजन स्तरका सिएमजी संकटा, मनाड्ढमंस्र्याङ्दी, हिमालयन शेर्पा, सरस्वती र जावलाखेल युवा क्लब गरीआठ टीमहरुको सहभागिता रहने जनाएको छ ।

आयोजक समितीका संयोजक दिपक लामाका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ४ लाख रुपैंया नगद सहित शिल्ड तथा द्वितिय हुने टिमलाई दुईलाख रुपैंया नगद प्रदान गरिने छ ।

त्यस्तै उत्कृष्ट खेलाडी, गोल स्कोरर लगायत विविध विधाका खेलाडीलाई नगद १५ हजार रुपैंया सहित ट्रफी प्रदान गरिने आयोजक वागमती युवा क्लबका अध्यक्ष रेवति पन्तले जानकारी दिए । ५० लाख रुपैंया खर्च हुने अनुमान गरिएको पन्तले बताए ।


प्रतिक्रिया दिनुहोस

Loading...