पुलिसका प्रशिक्षक थापासहित चार जनालाई एएफसी ए कोचिङ लाइसेन्स

काठमाडौं (खेलदैनिक) । विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापासहित चार जनाले एएफसी ए कोचिङ लाइसेन्स हात पारेका छन् ।

उक्त लाइसेन्स पाउनेमा थापासहित सल्यान खड्गी, चेतन घिमिरे र युगलकिशोर राई रहेका छन् । त्यस्तै सह–उत्तिर्ण हुनेमा चुन बहादुर थापा र बसन्त गौचन थकाली रहेका छन् । उक्त कोर्षमा नेपाल भरिका कुल २३ प्रशिक्षकहरुले सहभागिता जनाएका थिए ।

स्मरण रहोस, सन् २०१९ को डिसेम्बर १ देखि २०२० को मार्च ८ तारीखसम्म भएको एएफसी ए कोचिङ लाइसेन्स प्रशिक्षणमा सहभागी भएका यी चार प्रशिक्षकहरु मात्र उत्तिर्ण हुन सफल भएका छन् । उक्त प्रशिक्षण कार्यक्रम एएफसी इन्स्ट्रक्टर सेभियो मेडिराले सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस

Loading...