घले फेरि एन्फाको मानार्थ अध्यक्ष

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा मनोनित गरेको छ । स्मरण रहोस, एन्फाको कार्यसमितिले घलेलाई गत जनवरीमा मानार्थ अध्यक्षबाट हटाएको थियो ।

घलेले आफूलाई कुनै सक्रिय भूमिका नदिएको भन्दै एन्फाको आलोचना गरेका थिए । त्यतिबेला घलेले एन्फाको निर्णयप्रति असन्तुष्टी प्रकट गर्दै अदालत समेत पुगेका थिए । अदालतले पनि घलेलाई तत्काल उक्त पदबाट नहटाउन आदेश दिएको थियो ।

मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले भने घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा बाँकी दुई बर्षका लागि मनोनित गरेको छ । नेपाली फुटबलमा आफ्नो विशेष छाप छोडेका घले एन्फाको पूर्व महासचिव समेत हुन् ।


प्रतिक्रिया दिनुहोस

Loading...