पूर्व एपिएफ प्रशिक्षक राईद्वारा छोरीको उपचारका लागि अपिल

काठमाडौं (खेलदैनिक) । नेपाल एपिएफ क्लबका पूर्व प्रशिक्षक निर कुमारी राईले आफ्नो छोरीको उपचार खर्चका लागि नेपाली फुटबल फ्यानसँग सहयोगको अपिल गरेका छन् ।

गोलनेपालका अनुसार राईकी छोरी हाल क्यान्सरसँग जुधिरहेकी छिन् । साथै उनको उपचारमा हालसम्म १४ लाख भन्दा बढी खर्च भईसकेको समेत राईले बताए ।

राई भन्छन्, खासमा म छोरीको उपचारका लागि आफै पहल गर्ने विचारमा थिएँ । तर यो उपचार निकै जटिल भएपछि फुटबल समर्थकहरुसँग सहयोग माग्नुबाहेक अन्य विकल्प देखेन । यो परिस्थितिमा मलाई सबै फुटबल खेलप्रेमीहरुले साथ दिनेछन् भन्ने अपेक्षा गरेको छु ।

हालसम्म देश विदेशका विभिन्न सहयोग खेल संस्था तथा फुटबलप्रेमीहरुले सहयोग जुटाउने कार्य शुरु गरिसकेको गोलनेपालले खबर प्रकाशित गरेको छ ।

सहयोगका लागि निम्नलिखित खातामा रकम जम्मा गर्न सकिनेछः
रिना राई
०१९१५२६९१४६
सिद्धार्थ बैंक
स्वयम्भु, काठमाडौं
नेपाल


प्रतिक्रिया दिनुहोस

Loading...