चाइनाक्वार्टर एफसीको रक्तदान कार्यक्रम सम्पन्न

हेटौडा (खेलदैनिक) । मकवानपुरे फुटबल क्लब चाइनाक्वार्टर एफसी हेटौडाले कोरोना भाइरसको महामारीका कारण जारी लकडाउनको समयमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

फिफा सहायक रेफ्री तथा मकवानपुर जिल्ला फुटबल संघको महासचिव युनाल मल्लको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

रक्तदान कार्यक्रममा ५० जनाको सहभागिता रहेको क्लबका महासचिव मल्लले बताए । कार्यक्रमबाट संकलित रगत हेटौडाको रेडक्रस सोसाईटीको ब्लड बैंकमा हस्तान्तरण गरिएको पनि मल्लले जनाएका छन् ।

कोरोना महामारीका कारण रगतको अभाव हुन नदिन क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।


प्रतिक्रिया दिनुहोस

Loading...