ओखलढुंगा: व्याकुल माइला गोल्डकप चैत २५ देखि

३ चैत्र / राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको नाममा हुने व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत २५ गतेदेखि ओखलढुंगामा हुने भएको छ  ।
गोल्डकप व्याकुल माइलाको जन्मथलो ओखलढुंगा हिलेपानीस्थित दूधकोसी किनारमा आयोजना हुँदै आएको छ। दूधकौशिका प्रावि, नयाँ नेपाल सराकार समाज, हिलेपानी फुटबल क्लब लगायत विद्यालय तथा संघसंस्था आयोजक छन्।

प्रतियोगितामा ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली, काठमाडौं, ललितपुर, सोलुखुम्बुलगायत जिल्लाबाट १६–१७ टिमको सहभागिता हुँदै आएको छ। हिलेपानी फुटबल क्लबका कोषाध्यक्ष रमेश राईले गोल्डकप कार्यक्रम खेलकुदको मात्र नभई त्यस क्षेत्रको समग्र विकासका निम्ति आयोजना गर्ने गरिएको बताए। यसैबीच कलंकीस्थित नेपालय कलेजले १ लाख ३० हजार रुपैयाँ मूल्यको १ सय थान ट्र्याक सुट उपलब्ध गराएको छ।


प्रतिक्रिया दिनुहोस

Loading...