राखेप कै तत्परतामा पोखरामा बन्ने भो अर्को वैकल्पिक रंगशाला

पोखरा (खेलदैनिक) । नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरि अरबौं रकम खर्चिएर पोखरा रंगशाला निर्माण गरिएको थियो । यद्यपि रंगशालामा पूर्ण रुपमा अझै पनि तयार भई नसकेको धेरेको बुझाई छ ।

तर, हाल स्टेडियम कै पश्चिमतर्फ रहेको मैदानको स्तरोन्नति गर्ने तयारीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) जुटेको छ । राखेपका अनुसार ट्रयाक एण्ड फिल्ड सहितको उक्त मैदानको पूनः निर्माण कार्य शुरु भईसकेको छ ।

उता राखेपका सदस्य राजेश गुरुङले पनि मैदानको निर्माण कार्य शुरु भईसकेको बताएका छन् । स्मरणीय छ, १३औं सागलाई लक्षित गरेर युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले पोखरा रंगशालासहित उक्त मैदानको स्तरोन्नति गर्न पनि निर्देशन दिएका थिए ।

त्यसका लागि ३० लाख रकम निकासा पनि गरिएको थियो । उक्त मैदान निर्माण समितिका सदस्य समेत रहेको वरिष्ठ फोटो पत्रकार सुदर्शन रन्जितका अनुसार मैदानको सम्पूर्ण कार्य सम्पन्न गर्न ९२ लाख खर्च हुने अनुमान गरिएको बताए ।

सागका बेला एन्फा कास्कीले सो मैदान निर्माण गर्न तत्परता देखाए तापनि चार महिना यता एन्फा कास्कीले बेवास्ता गरेपछि सो मैदानको निर्माण कार्य अलपत्र परेको रञ्जितले बताए । अब उक्त कार्य राखेपले आफ्नै पहलमा गर्ने भएको छ । राखेपको यो निर्णयसँगै अब उक्त मैदानले वैकल्पिक रंगशाला कै रुप लिने धेरैको विश्वास समेत छ ।

ईआदर्शमा प्रकाशित खबरअनुसार १ सय ५ मिटर लम्बाई र ६८ मिटर चौडा भएको सो मैदानलाई पोखरा रंगशालाको विकल्पका रुपमै निर्माण गरिने बताइएको छ । जहाँ आगामी बर्ष हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु पनि हुने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस

Loading...