टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको उपाधिकोलागि सीएमजी संकटा र अग्नी रुपन्देही ११ भिड्दै

टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको उपाधिकोलागि आज सीएमजी  संकटा र अग्नी रुपन्देही ११ भिड्दै छन्।

फाइनल खेल नेपालगञ्ज रङशालामा ३ बजे हुने छ।

सशस्त्र प्रहरीको एपीएफलाई  २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा (१-१ ) ५ –४  गोलले पराजित गरेर सीएमजी संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकपको फाइनलमा पुगेको हो  ।

यस्तै काठमाण्डौ उपत्यका बाहिरको अग्नि  रुपन्देहीले  नेपालकै बलियो फुटबल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल प्रहरीलाई पराजित गर्दै  फाइनल अन्तिम २ मा यात्रा गरेको हो  । अग्नि  रुपन्देहीले लक्ष्मी हुन्डाई मनाङ र  नेपाल प्रहरीलाई समान  २–१ गोलले स्तब्ध बनाएको थियो  ।

सीएमजी संकटा र अग्नि  रुपन्देही यस  वर्षमा धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भए तर उक्त भेटमा भेटमा  सीएमजी संकटा २–१ बिजयी बनेको थियो ।


प्रतिक्रिया दिनुहोस

Loading...