नेपालगञ्ज गोल्डकप: सीएमजी संकटा र अग्नी रुपन्देही–११ बीच भिडन्त हुदै

सौरभ गिरी

मध्यपश्चिमकै ठुलो प्रतियोगिताका रुपमा आयोजित टुबोर्ग दोस्रो नेपालगञ्ज गोल्डकप फुटबल प्रतियोगिताको भोलि बिहीबार फाइनल खेल हुँदैछ ।

नेपालगञ्जमा संचालन हुदै आइरहेको दोस्रो संस्करणको नेपालगञ्ज गोल्डकपको उपाधिका लागि काठमाडौंको सीएमजी  संकटा र अग्नी रुपन्देही–११ बीच भोलि भिडन्त हुदैछ  ।

सशस्त्र प्रहरीको एपीएफलाई  २–१ र सुदूरपश्चिम ११ लाई ट्राइबेकरमा (१-१ ) ५ –४  गोलले पराजित गरेर सीएमजी संकटा टुबोर्ग दोस्रो नेपालगञ्ज  गोल्डकपको फाइनलमा पुगेको हो  ।

यस्तै काठमाण्डौ उपत्यका बाहिरको अग्नि  रुपन्देहीले  नेपालकै बलियो फुटबल क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र नेपाल प्रहरीलाई पराजित गर्दै  फाइनल अन्तिम २ मा यात्रा गरेको हो  । अग्नि  रुपन्देहीले लक्ष्मी हुन्डाई मनाङ र  नेपाल प्रहरीलाई समान  २–१ गोलले स्तब्ध बनाएको थियो  । प्रतियोगितामा  अन्तिम दुइको यात्रा  पुगेका दुवै  सीएमजी संकटा र अग्नि  रुपन्देहीले यस अघि खेलेका क्वाटरफाइनल र सेमिफाइनल खेलमा शुरुवाति अवस्थामा पछि पर्दा समेत अन्तिम अवस्थामा  नतिजा उल्टाएका थिए ।

सीएमजी संकटा र अग्नि  रुपन्देही यस  वर्षमा धरानको बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एकपटक मात्रै आमने सामने भए तर उक्त भेटमा भेटमा  सीएमजी संकटा २–१ बिजयी बनेको थियो ।
स्थानिय समर्थकको आपार माया र समर्थन पाएको अग्नि  रुपन्देही उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिदै छ । तर यस प्रतियोगिताको भोलि हुने फाइनलमा  सीएमजी संकटामा अनुभबी खेलाडीहरु भरीभराउ हुदा अग्नि  रुपन्देहीलाई भने जस्तो सजिलो नहुने अवस्था छ ।पछिल्ला संस्करण हेर्ने हो भने  नेपालगञ्ज बाहिर मात्र पनि सीएमजी संकटा यस  वर्षमा  ६ वटा फुटबल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ ,जसमा ३ वटा बिजयी र ३ वटामा पराजय बेहोरेको छ। भर्खर मात्र रुपन्देहीमा संपन्न तिल्लोतामा गोल्डकपको उपाधि पनि सीएमजी संकटाले लिएको थियो  ।

सीएमजी संकटाका प्रशिक्षक सल्यान खड्गीले  संकटाले बुटवलको तिलोत्तमा, नारायणघाटको विकास रनिङ शिल्ड र सिमरा गोल्डकपको उपाधि जित्नुका साथै  सुदूरपश्चिमको खप्तड, नवलपरासीको राइनो राइजिङ र धरानको बुढासुब्बा गोल्डकपमा फाइनलमा उपविजेता  बनेको  बताए  ।

प्रशिक्षक खड्गीले पहिलो भन्दा दोस्रो प्रतियोगितामा खेलाडीले स्तरीय प्रदर्शन गर्न नसकेपनि टोली फाइनलमा पुगेकाले अब खेललाई सुधार गरेर उपाधि जित्ने विश्वास व्यक्त गरे  ।

अग्नि रुपन्देही ११ ले भने यसै  वर्ष अर्को एउटा उपाधि थप्ने दाउमा  रहेको छ । अग्नि रुपन्देही११ ले एक महिना अघि मात्र  उदयपुरको गाइघाट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो ।

अग्नि रुपन्देहीका ११  प्रशिक्षक दयाराम सापकोटाले मनाङ र प्रहरीजस्तो बलियो टोलीलाई पराजित गरेकाले खेलाडीको मनोबल उच्च रहेको छ साथै  हाम्रा खेलाडीले मनाङसँग खेलेको खेल प्रदर्शन गर्न सकेमा हामीले उपाधि जित्ने  प्रशिक्षक सापकोटाले  बताए  ।


प्रतिक्रिया दिनुहोस

Loading...