वर्षाका कारण नेपाल र श्रीलंकाको खेल  रद्द

श्रीलंकामा जारी फुटबल एक्सचेन्ज कार्यक्रम अन्तर्गत अन्तिम खेल मा आयोजक श्रीलंका र नेपालको खेल बर्षाका कारण रद्द भएको  छ। रेफ्रीले ३७ औं मिनेटमा खेल चलिरहँदा  खेल रोक्ने निर्णय लिएका थिए। मौसममा सुधार नआएपछि खेल रोक्ने निर्णय लिए ।

यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ७-१ले पराजित गरेको  थियो।  नेपाली युवा टोलीका तीन फरवार्ड रञ्जन पुन , ब्रिजेश चौधरी र रोशन राना मगरले समान २ गोल गरेका थिए भने अर्को गोल कलोश बखारियालेगरेका थिए । त्यस्तै जापानले आफ्नो अघिल्लो खेलमा शनिबार श्रीलंकालाई ३-१ ले पछि पारेको थियो ।

दोश्रो खेलमा जापानसंग ९-०को हार व्यहोरेको थियो। कान्डो करुराबाले ह्याट्रिक पुरा गर्ने क्रममा २१ औं, ३२ औं र ३५ औं मिनेटमा गोल गरे । कप्तान निसिकावा जुनले ३२ औं र ४७ औं मिनेटमा गोल गरे । नाकानोले ५८ औं र ८५ औं मिनेटमा गोल गरे । साको मायाले हेडमार्फत १७ औं मिनेटमा पहिलो गोल गरे । कोसिरोले ६४ औं मिनेटमा गोल गरे ।

सुनिल श्रेष्ठको मुख्य प्रशिक्षणमा रहेको टोलीको सहायक प्रशिक्षकमा नबिन महर्जन र सनोज श्रेष्ठ छन् । त्यस्तै टोली अखिल नेपाल फुटबल संघका मनार्थ सदस्य मधुसुदन उपाध्यायको नेतृत्वमा श्रीलंका पुगेको हो । नेपाली टोली भोली स्वदेश फर्कने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस

Loading...