केपिलासगढी बाक्सिला रनिङ गोल्डकप फागुन २२ देखि

खोटाङ (खेलदैनिक) । ११औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप नकआउट फुटबल प्रतियोगिता यहि फागुन २२ गतेदेखि खोटाङमा शुरु हुँदैछ ।

बाक्सिला फुटबल क्लबको आयोजनामा हुन गईरहेको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा खाराम्बु स्पोर्टस् क्लब र खोटाङ भगवती स्पोर्टस क्लब भिड्नेछन् ।

केपिलासगढी गाउँपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,११,००० हात पार्नेछ भने उपविजेताले ९९,९११ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको फाइनल खेल भने यहि फागुन २५ गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...