एएफसी एशियन कप छनौट २०१९ का होम म्याच खेलहरु सशस्त्र प्रहरीको हलचोक मैदानमा खेलिने सम्भावना बढि छ । एन्फाका सिईओ ईन्द्रमान तुलाधरले खेलदैनिक डटकमलाई जनाए अनुसार नेपालले होम म्याच खेलहरु हलचोक मैदानमै खेल्ने सम्भावना छ ।
‘हाम्रा होम म्याच खेलहरु हालचोक मैदानमै खेलिने सम्भावना बढि छ । हामीले खेलिने स्थानबारे एएफसीलाई आग्रह गरिसक्यौं । उनले भने– ‘एएफसीका प्रतिनिधिहरु फाईनल चेकका लागि आउनेछन् ।’
उनका अनुसार एएफसी प्रतिनिधिहरुले सो ठाउँबारे जानकारी लिईसकेका छन् । एन्फाले पनि ड्रेसिङ रुमदेखि टीम बेञ्चसम्मबारे निरिक्षण गरिसकेको छ । एएफसीले शीघ्र स्थानबारे निर्णय लिनेछ । नेपालले मार्च २८ फिलिपिन्सको मनिलामा घरेलु टोली विरुद्ध खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ । नाभेम्बर ४ मा फिलिपिन्ससँग दोस्रो लेग म्याच खेल्नेछ ।
दुई वर्ष अघिको भुकम्पले नेपालको एकमात्र अन्तर्राष्ट्रिय दशरथ रंगशालामा क्षति पु¥याएको छ ।