झापा–११ का कप्तान प्रवेश कटुवाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
दोस्रो रमपम झापा गोल्डकप मूल आयोजक समितिले प्रवेशलाई अवार्डस्वरुप मोटरसाइकल प्रदान ग¥यो ।
२०३६ सालमा जन्मिएका प्रवेशले झापाको फुटबल विकासमा उल्लेख्य योगदान पु¥याएका छन् । प्रवेशकै कप्तानीमा झापा–११ ले दर्जनौँ उपाधि जितेको छ ।
अवार्ड पाएपछि प्रवेशले झापामा पनि प्रत्येक वर्ष लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनुपर्ने धारणा राखे ।
उनले भने, ‘गोल्डकपको पहिलो संस्करणबाटै यो अवार्ड राखिएको भए अझ महत्व बढेर जाने थियो ।’