सहज जितका साथ मनाङ सेमिफाइनलमा

धरान (खेलदैनिक) । मनाङ मस्र्याङ्दी क्लब जारी २२औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको क्वाटरफाइनल भिडन्तमा मनाङले बेलबारी एफसीलाई ४–० ले हरायो ।

धरान रंगशालामा भएको खेलमा मनाङका लागि २४औं मिनटमा निशान लिम्बुले पहिलो गोल गरे । पहिलो हाफ कै ४४औं मिनटमा बिमल रानाले त्यो अग्रता दोब्बर पारे । त्यस्तै ५२ र ६७औं मिनटमा दयानन्द सिंहले लगातार दुई गोल गर्दै मनाङको सहज जित पक्का गरे ।

खेलमा मनाङका दयानन्द सिंह नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार प्राप्त गरे । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...