गोर्खा ब्वाईज क्वाटरफाइनलमा

धनगढी (खेलदैनिक) । गोर्खा ब्वाईज क्लब, रुपन्देही जारी नेपाल आइसी चौथो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार धनगढी रंगशालामा भएको प्रिक्वाटरफाइनलतर्फको अन्तिम खेलमा गोर्खा ब्वाईजले रुपन्देही कै सुनौलो संगम युवा लबलाई टाइब्रेकरमा ५–३ ले हरायो । यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

खेलमा गोर्खा ब्वाईजका गोलरक्षक मनोज गुरुङ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार प्राप्त गरे । प्रतियोगिता अन्तरगत फागुन १३ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल सुदुरपश्चिम–११ स्पोर्टस क्लब र कञ्चनजंघा एफसी, भारतबीच हुनेछ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख १ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १० लाख १ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि फागुन २० गतेका दिन हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...