टुबर्ग दोश्रो नेपालगंज गोल्डकप: संकटा क्लव फाइनलमा

सौरभ गिरी ,नेपालगंज, २९ फागुन।

टुर्बोर्ग नेपालगन्ज फुटबल प्रतियोगितामा आज भएको पहिलो सेमीफाइनल खेलमा सिएमजी संकटा क्लव विजयी भएको छ ।

सिएमजी संकटा क्लवले  शुदुरपश्चिम ११लाई ट्राइब्रेकरमा ५-४ गोलले पराजित गर्दै नेपालगंज गोल्ड कपमा फाइनलको यात्रा गरेको छ । निधारीत समयको ९०  मिनेटमा दुवै टिमले  १-१  गोल गरेपछि पेनाल्टी सुट आउटबाट भएको थियो ।

आज भएको खेलमा १६ औ मिनेटमा १ गोलले अग्रता लिएको  सुदुर पश्चिम ११ले संकटा माथि निकै दबाद सृजना गर्दा पनि खेललाई आफ्नो पक्षमा पार्न सकेन ।जितको निश्चित झैँ भईसकेको अवस्थामा खेलको अतिरिक्त समयको ९४ औ मिनेटमा सुदुर पश्चिम ११ का खेलाडी आरोनले आफ्नो डी एरियामा हात बल छुदा संकटाले पेनाल्टी प्राप्त गर्दै गोल गर्न सफल भयो।

संकटा लागि अनिल गुरुङले  अतिरिक्त समयमा पेनाल्टी गोल गरेका थिए । समयको अभाबको कारण  सिधै गराइएको ट्राइब्रेकरमा पहिले पेनाल्टी सुट प्रहार गरेको संकटाका  तर्फ बाट कुलदीप कार्की, बिस्व अधिकारि,सुशील केसी,अनिल गुरुङ र जर्सी नम्बर ४ का पौडेलले गोल गरेका थिए भने सुदुर पश्चिम ११ तर्फ बाट अफ्रिकी खेलाडी अब्दुल ,नरेन्द्र चौधरी र बिजय सिंहले मात्र गोल गर्न सफल बने भने चेतन थारु ले प्रहार  गरेको पेनाल्टीलाई संकटाका गोलकिपर अजय महर्जनले बचाउ गरेका थिए ।आजको खेलमा सुदुर पश्चिम ११ का आरोनले रातो कार्ड पाउदै मैदान बाहिरिएका थिए ।

भोली दोस्रो सेमिफाइनल नेपाल पुलीस क्लव र रुपेन्देही ११ विच हुनेछ ।

फागुन २६ गतेबाट सुरु भएको प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस क्लव , दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको नेपाल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले बताउनुभयो । गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।भोलि मनाङ मर्रस्याङग्दी र रुपन्देहि ११ बिच खेल हुने छ


प्रतिक्रिया दिनुहोस

Loading...