नेपाल पुलिस र ग्रिन भिलेज उपाधिका लागि भिड्ने

काठमाडौं (खेलदैनिक) । नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल जारी छैटौँ नेपाल एपीफए स्कुल कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तरगत पहिलो सेमिफाइनलमा ल्याब्रोटरी मा.बि.लाई २—१ ले पराजित गर्दै ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल फाईनलमा पुग्न सफल भएको हो । ग्रिन भिलेजका लागि गोविन्द सिंहले द्वै गोल गरे भने ल्याब्रोटरी मा.बि. का तर्फबाट रमेश के.सी.ले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा हारती शिक्षा मन्दिरलाई २—० को गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस स्कुलले फाईनलको यात्रा तय गर्यो । नेपाल पुलिस स्कुलको तर्फबाट सन्देश तामाङ्गले एक गोल गरे भने थप एक गोल विपक्षीले आत्मघाती गोलका रुपमा खान पुगेको थियो ।

नेपाल एपिएफ स्कुलको आयोजनामा जारी प्रतियोगिता अन्तरगत अब उपाधिका लागि नेपाल पुलिस स्कुल र ग्रिन भिलेज एजुकेशन पmाउण्डेशन स्कुल यहि फागुन ८ गते बिहीबार फाइनलमा भिड्ने खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस

Loading...