टुबर्ग दोस्रो नेपालगन्ज फुटबल प्रतियोगितामा मनाङ मस्याङदी पराजित

सौरभ गिरी

टुबर्ग दोस्रो नेपालगन्ज फुटबल प्रतियोगिता अन्तर्गत  आज भएको खेलमा रुपेन्देही ११ विजयी भएको छ ।
आज भएको प्रतियोगितामा  मनाङ मस्याङदी र रुपन्देही ११ विचको खेलमा  रुपन्देही ११ले  २-१ मनाङ मस्याङदीलाइ पराजीत गर्दै सेमिफ़ाइनलको यात्रा पक्का गरेको   छ । निकै प्रतिष्पर्धात्मक आज भएको खेलमा  पहिलो हाफ गोल रहित बराबरी भएको थियो ।

खेललाइ केहि सुधार गर्दै  दोस्रो हाफको ७२ औ मिनेटमा मनाङ मस्याङदीका जसी नम्बर ७ का  शुशिल लामाले एक गोल गरी टिमलाइ अग्रता दिलाएका थिए । त्यसको केहि समय बित्न नपाउदै रुपेन्देही ११ का लागी जर्सी नम्बर  ८ का उत्तम गुरुङ ले खेलको ८२  औ  मिनेटमा गोल गरी खेललाइ बराबरीमा पुर्याएका थिए । दर्शकको अपार माया पाएको रुपन्देही ११ ले आक्रामक खेल खेल्दै   ८९ औ मिनेटमा जसी नम्बर १० का अमर डगोंलले गोल गर्दै टिमलाइ बिजयी तिर धकेलेका थिए ।उक्त गोलनै बिजयी गोल बन्न पुग्यो  ।

प्रतियोगीताको म्यान अफ द म्याच रुपन्देही ११ का विदेशी खेलाडी मुसा भए, उनीले लेनोभो मोबाइल प्राप्त गरेका छन् ।   प्रतियोगितामा भोलि हुने खेल अन्तर्गत सिएमजी संकटा र सुदुरपश्चिम ११ को बीच पहिलो सेमफिाइनल खेल हुने आयोजक तथा बांके फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिनुभयो । प्रतियोगितामा ए डिभिजन लगायतका ८ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा सीएमजी संकटा क्लब, मनाङ्ग मस्याङ्गदी क्लब , नेपाल पुलिस, दिल्ली युनाईटेड, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपालगन्ज ११, सुदुर पश्चिम ११ र रुपन्देही ११ को सहभागिता रहेको आयोजकले जनाएको छ । गत बर्ष १ लाख ५१ हजार रहेको पुरस्कार राशीलाई बढाएर विजेता टिमलाई ५ लाख र उपविजेता टिमलाई २ लाख ५१ हजार नगद पुरस्कार राशी राखिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...