सर्वाधिक गोलकर्ता साम्बालाई १ लाख भारु नगद

काठमाडौं (खेलदैनिक) । शुक्रबार सम्पन्न हिरो वुमन्स लिगको फाइनलमा गोकुलम केरलालाई उपाधि जिताउन निर्णायक गोल गरेकी नेपाली स्टार साबित्रा भण्डारीले लिगको सर्वाधिक गोलकर्ताको पुरस्कार जितेकी छिन् ।

लिगभरि कुल १९ गोल गरेकी साबित्राले पुरस्कार सहित नगद १ लाख भारतीय रुपैयाँ हात पारिन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने उपविजेता बनेको क्रिप्साकी रतनबालादेवीले हात पारिन् । त्यसवापत उनले नगद १ लाख २५ हजार भारु हात पारिन् ।

त्यस्तै उत्कृष्ट गोलरक्षक पनि क्रिप्सा कै लिन्थोइगम्बी देवी घोषित भईन् । उनले नगद १ लाख भारु हात पारिन् भने उदयीमान खेलाडी गोकुलम कै मनिषा चुनिईन । उनले त्यसवापत नगद ७५ हजार भारु हात पारिन् ।

स्मरणीय छ, शुक्रबार भएको रोमाञ्चक फाइनल भिडन्तमा गोकुलम केरला एफसीले क्रिप्सालाई ३–२ ले हराउँदै लिग उपाधि जितेको थियो । विजेता बनेको गोकुलमले उपाधिसहित नगद १० लाख भारु हात पार्यो भने क्रिप्साले ५ लाख भारुमा चित्त बुझायो ।


प्रतिक्रिया दिनुहोस

Loading...