साबित्राको निर्णायक गोलले गोकुलमलाई आइ लिगको उपाधि

काठमाडौं (खेलदैनिक) । चर्चित हिरो वुमन्स लिगको फाइनलमा साबित्रा भण्डारी फेरि निर्णायक बन्दा गोकुलम केरला एफसीले लिग उपाधि जित्न सफल भएको छ ।

बैंगलोर स्टेडियममा भएको फाइनल भिडन्तमा गोकुलमले क्रिप्सा एफसीलाई ३–२ ले हरायो । खेलको दोस्रो मिनटमै प्रमेश्वरी देवीको गोलबाट गोकुलमले खेलमा अग्रता बनाएको थियो ।

लगतै २५औं मिनटमा कमला देवीले गोकुलमको त्यो अग्रता दोब्बर पारिन् । तर ३४औं मिनटमा दाङमी ग्रेसको गोलबाट क्रिप्सा खेलमा फर्कियो । पहिलो हाफसम्म २–१ ले पछि परेको क्रिप्साले दोस्रो हाफमा भने पूनरागमन गर्यो ।

क्रिप्साका लागि ७३औं मिनटमा रतनबाला देवीले गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याईन् । त्यसपछि खेल पेनाल्टी शुटआउटतर्फ लम्कीरहेकी बेला साम्बा निर्णायक बनिन् ।

८७औं मिनटमा साबित्राले गरेको गोल गोकुलमलाई आइ लिगको उपाधि जिताउन प्रर्याप्त बन्यो ।


प्रतिक्रिया दिनुहोस

Loading...