सैनामैना गोल्डकप चैत्र १ गतेदेखी

रुपन्देहीको सैनामैना वडा नं ७ देवापारमा सैनामैना गोल्डकप नकआउट फुटबल प्रतीयोगीता हुने भएको छ ।
जनप्रिय स्पोर्टस क्लब देवापारको आयोजनामा यहि चैत्र १ गतेदेखी सञ्चालन हुने प्रतीयोगीतामा १४ टिमको सहभागीता रहने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

सैनामैना नगरपालीकाको संरक्षणमा सन्चालन हुने प्रतीयोगीताको बिजेताले १ लाख १७ हजार प्राप्त गर्ने छ भने उपबिजेताले ५८ हजार प्राप्त गर्ने क्लबले जनाएको छ । यस्तै सेमिफाइनलीस्ट दुइ टिमलाइ १२ हजार दिइने छ भने बिधागत रुपमा उत्कृष्ट खेलाडीलाइ पनि नगद सहित सम्मान गरिने क्लबले जनाएको छ ।

सरस्वती माबीको खेल मैदान देवापारमा हुने प्रतीयोगीताको बारेमा जानकारी दिन शनिबार आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष रानाले रुपन्देहीसहित बिभिन्न जिल्लाका चर्चित क्लबको सहभागीता रहने जानकारी दिए ।

गोल्डकपमा गोर्खा ब्याइज बुटवल, देशभक्त भैरव एफसी नवलपरासी, न्यु सिर्जना युथ क्लब करौजीया, सुनौलो शान्ति युवा क्लब गजेडी, सैनामैना ११ सैनामैना, कपिलबस्तु युनाइटेड कपिलबस्तु, फर्साटिकर एफ.सी. फर्साटिकर, एन्फा एकेडेमी बुटवल, जिल्ला फुटबल संघ कपिलबस्तु, सालझण्डी युवा सञ्जाल सालझण्डी, नवयुवा खेलकुद तथा साँस्कृतीक परिवार ठुटिपिपल, सुनौलो संगम युवा क्लब देबिनगर, सिद्धार्थ युवा क्लब बाँसगढी र आयोजक जनप्रिय स्पोर्टस क्लबका बिचमा प्रतीस्पर्धा हुने छ ।

सैनामैनाको शानका रुपमा रहेको गोल्डकपलाइ सफल बनाउन सबैको सहयोग जरुरी रहेको पत्रकार सम्मेलनमा बोल्ने बक्ताहरुले जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस

Loading...