थ्रीस्टारका लागि दिपेश निर्णायक

काठमाडौं (खेलदैनिक) । शहिद स्मारक ए डिभिजन लिगतर्फ मंगलबार दोस्रो खेलमा थ्रीस्टार क्लबले झिनो अन्तरको जित निकाल्यो । एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्रीस्टारले न्युरोडटिम (एनआरटी) लाई १–० ले हरायो ।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेले । यद्यपि दोस्रो हाफको ७८औं मिनटमा दिपेश घलेले थ्रीस्टारका लागि एक मात्र निर्णायक गोल गरे । यो जितपछि १२ खेलबाट २३ अंक जोडेको थ्रीस्टार चौथो स्थानमा छ । पराजित एनआरटी भने १५ अंकका साथ सातौं स्थानमा छ ।

लिग चरणको अन्तिम खेलमा थ्रीस्टारले फागुन २ गते च्यासल युथ क्लबसँग खेल्नेछ । त्यो खेलमा आफु अनुकुल नतिजा निकाल्दै थ्रीस्टारको ध्यान तेस्रो स्थानमा रहेर यस सिजनको समापन गर्नु हुनेछ ।


प्रतिक्रिया दिनुहोस

Loading...