बी डिभिजन लिग र महिला लिग विजेताको पुरस्कार रकम एउटै

काठमाडौं (खेलदैनिक) । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहिद स्मारक बी डिभिजन लिग तथा राष्ट्रिय महिला लिगको पुरस्कार राशीको पनि घोषणा गरेको छ ।

आइतबार बसेको एन्फाको कार्यसमितिको बैठकले यसपटक बी डिभिजन खेल्ने टिमहरुलाई तयारी स्वरुप नगद १०–१० लाख दिने घोषणा गरेको छ । त्यस्तै लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।

स्मरण रहोस, यसपटक महिला लिगको विजेताले पनि समान पुरुषतर्फ बी डिभिजन लिग च्याम्पियन हुने टोली सरहकै पुरस्कार रकम पाउने भएका छन् । जसअन्तरगत लिग च्याम्पियनले १५ लाख पाउनेछ भने त्यसपछिका शिर्ष तीन टोलीले क्रमशः ८ लाख, ५ लाख र ३ लाख पाने एन्फाले जनाएको छ ।

त्यति मात्र नभएर सी डिभिजन लिग खेल्ने क्लबहरुलाई पनि एन्फाले तयारी रकम स्वरुप ७–७ लाख दिने निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...