नेपाल पुलिस नेपालगंज ११ लाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा

सौरभ गिरी

नेपालगंजमा संचालन भईरहेको टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा नेपाल पुलिस बिजयी भएको छ ।
मौसम खराबीको कारण  ४०/४० मिनेट खेलाइएको खेलमा नेपाल पुलिसले नेपालगंज ११ लाई २-१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको  छ ।

नेपाल पुलिसका तर्फ बाट हरि कठायतले भारत शाहको पासमा पहिलो हाफको ३४ औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । त्यसको ३  मिनेट बित्नन नपाउदै ३७ औ मिनेटमा नेपाल पुलिसका भारत शाहले दोश्रो गोल गर्दै पुलिसलाई २-० को अग्रता दिलाएका थिए ।

दोश्रो हाफ पश्चात खेललाई आफ्नो लयमा पुर्याएको नेपालगंज ११ ले नेपाल पुलिसलाइ धेरै दबाब सृजना गरेको थियो  भने  दोश्रो हाफको २२ औ मिनेटमा नेपालगंज ११ का रेजिंग सुब्बाले १ गोल गर्दै खाता खोलेका  थिए । दोश्रो हाफ पछि  आक्रामक खेल खेलेको नेपालगंज ११ ले गोल गर्ने थुप्रै अवसर गुमाउदा हारको सामना गर्नु पर्यो  ।

दोश्रो हाफको ३५ औ मिनेटमा नेपालगंज ११ का रेजिंग सुब्बाले प्रहार गरेको सुन्दर किकलाइ पुलिसका गोलकिपरले उत्कृस्ट ढंगले बचाऊ गर्दै पुलिसलाई बिजयी बनाए ।

उत्कृस्ट प्रदर्शन गरेका नेपालगंज ११ रेजिंग सुब्बा म्यान अफ द म्याच घोसित हुदै लेनोभो मोबाइल प्राप्त गरेका थिए ।

टुबोर्ग दोस्रो नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत भोलि हुने खेलमा एपीएफ र संकटा क्लब बीच हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस

Loading...